राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल, दुई अर्ब ९२ करोड उठायो ब्याज - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल, दुई अर्ब ९२ करोड उठायो ब्याज



काठमाडौं । सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल देखिएको छ । असोज मसान्तसम्ममा बैंकको खुद नाफा २९५.७२ प्रतिशतले बढेको छ ।

बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

यस्तै बैंककाे सञ्चालन मुनाफामा पनि उच्च वृद्धि देखिएकाे छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा २९८.८४ प्रतिशत बढेर ८५ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि दुई अर्ब १७ करोड रुपैयाँबाट बढेर दुई अर्ब ९२ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

बैंककाे खराब कर्जा ४.२३ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेकाे छ । १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्