माउण्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माउण्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । माउण्टेन इनर्जी नेपालको लाभांश घोषणा भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश बाँड्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कात्तिक २० गते बिहीबार बसेको कम्पनी संचालक सतितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारितगरेपछि वितरण हुनेछ ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्