थप महँगियो सुनचाँदी, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो ।
बिहीबार १ लाख ३७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज थप बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।













