४० प्रतिशत घट्याे नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे नाफा, अधिकांश वित्तिय सूचक कमजाेर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

४० प्रतिशत घट्याे नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे नाफा, अधिकांश वित्तिय सूचक कमजाेर



काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) काे नाफा दाेहाेराे अंकले घटेकाे छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाकाे तुलनामा बैंककाे नाफा ४०.५७ प्रतिशत घटेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

यस्तै यस अवधिमा बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि घटेकाे छ । असाेज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत घटेर ३७ कराेड ३० लाख ९४ हजार र खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशत घटेर १ कराेड २७ लाख ४० हजार पुगेकाे छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६४ पैसा घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।

२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्