एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् ।
संस्थाको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई नियुक्त गरेको हो । संस्थाकाे आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएकाे हाे ।
यसअघि उक्त पदमा सञ्चालक सुमन थपलिया एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।
नव नियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाली गरिसकेका छन्।
बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans को रुपमा कार्यरत रहेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ।
















