१० श्रावण २०८३, आइतबार

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु, दैनिक ५०० वटा छापिने



काठमाडौं । काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ।

केन्द्रमा पुगेर शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका हुन्।

सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागसँग सम्झौता गरेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य सुरु गरेको हो।

हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ।

लाखौँ सेवाग्राही लाइसेन्स नपाइएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अव अन्त्य हुने बताउँदै मन्त्री खरेलले ६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना जानकारी दिए ।

यसअघिको लाइसेन्सको लागत ३ सय रुपैयाँ पर्नेमा अव केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रुपैयाँ मात्रै लाग्ने जानकारी समेत उनले दिए।


प्रतिक्रिया दिनुहोस्