१० श्रावण २०८३, आइतबार

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आयोजना हुँदै



काठमाडौं । बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” घोषणा गरेको छ । यो विशेष कार्यक्रम ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

याम्प २०८२ कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ ।

“ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधन उच्चतम मूल्याङ्कन, फ्री एक्सेसरीजÞ, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।

यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहन्छ । चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ ।’


प्रतिक्रिया दिनुहोस्