बुंगल हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुंगल हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?



काठमाडौं। बुंगल हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र बुंगल हाइड्रोपावरबीच आइतबार सूचीकरण सम्बन्धी सम्झौता भएको हाे।

बुंगल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता साधारण र ५३ लाख ९५ हजार कित्ता संस्थापक गरेर ८३ लाख कित्ता सेयर सूचीकरण भएको हो।

नेप्सेले बुंगल हाइड्रोपावरलाई पहिलो कारोबार मूल्य १००.८८ देखि ३०२.६४ रुपैयाँसम्म दिएको छ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म सेयर मूल्य दिंदै आएको छ। सोमबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ।


प्रतिक्रिया दिनुहोस्