आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरणका लागि लघुवित्तले भोलि, अर्थात् कात्तिक २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले लघुवित्तको आगामी साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले मंसिर १२ गते, शुक्रबार, बुटवल ९रुपन्देही० स्थित वेष्टर्न एशियन होटल प्रा।लि।मा आफ्नो बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा बिहान ९स्३० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गर्नेछ।













