एसवाई प्यानल नेपालको आईपीओ ओभरसब्स्क्राइब, २१ लाख भन्दा बढीकाे आवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एसवाई प्यानल नेपालको आईपीओ ओभरसब्स्क्राइब, २१ लाख भन्दा बढीकाे आवेदन



काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।

यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म आवेदन लिई असोज २३ गते बाँडफाँट गरिएको थियो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ देखि २१ गतेसम्म आवेदन लिएर कात्तिक २ गते बाँडफाँट गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्