गुँरास लघुवित्तकाे अध्यक्षमा उदयनारायण बराल नियुक्त
काठमाडौं । गुँरास लघुवित्त वित्तिय संस्थाको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् ।
कात्तिक २३ गते आइतबार बसेको संस्थाको सञ्चालक समितिको १५७ औं बैठकले बराललाई सर्वसम्मतीले छनौट गरेको हो ।
संस्थाकाे दशाैं वार्षिक साधारणसभापछि रिक्त रहेकाे सञ्चाल समिति अध्यक्षमा बराललाई नियुक्त गरीएकाे जानकारी दिइएकाे छ ।














