आज एकैदिन तोलामा २९०० रूपैयाँ बढ्यो सुनको भाउ, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज एकैदिन तोलामा २९०० रूपैयाँ बढ्यो सुनको भाउ, चाँदीकाे कति ?



काठमाडौं । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुनको आज एकैदिन तोलामा २९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्