मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट परेको छ ।
मधेश प्रदेशमा संविधानको धारा १६८(३) अनुसार बनेको सरकार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो । रिट रक्कीप्रसाद साह र सुजित यादवले दायर गरेका हुन् ।
रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभालाई विपक्षी बनाइएको छ ।
धारा १६८(२) अझै कायम रहँदा त्यसैको म्याद सकिनुअघि १६८(३) अनुसार सरकार गठन गर्नु संविधानविपरीत भएको दावी गरिएको छ ।













