प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा पदोन्नति गर्ने निर्णय गरेको हो ।
हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीले २४ भदौको जेनजी आन्दोलनका बेला उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ सेवा अवधिका कारण २६ कात्तिक राति अवकाशमा जाँदै छन् । त्यसअघि नै सरकारले नयाँ नेतृत्व नियुक्त गरेको हो ।













