आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु केके हुन् ?
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीको नियुक्ति गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्ति र सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।सोही बैठकबाट भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत पनिभएको छ ।
यता, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत, भदौ २३–२४ को घटनाका लागि आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने, कात्तिक २६–२८ मा भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत कोअर्डिनेशन बैठकमा सशस्त्र प्रहरी बल प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत र फागुन १–७ मा कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति गर्ने निर्णय गरेको छ ।













