सानिमा बैंकको सीइओमा आचार्य, आगामी माघदेखि कार्यभार सम्हाल्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा बैंकको सीइओमा आचार्य, आगामी माघदेखि कार्यभार सम्हाल्ने



काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् ।

उनी आगामी माघ १२ गतेदेखि लागू हुने गरि सीइओ बनेका हुन् । उनी हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

हालका सीइओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेदेखि सकिँदैछ । उनको कार्यकाल सकिने मिति नजिकिएसँगै सोमबार (कात्तिक २४ गते) बसेको संचालक समितिले आचार्यलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्