३ दिनपछि सेयर बजारमा सामान्य सुधार, सुस्ताउँदै कारोबार रकम
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ ।लगातार तीन कारोबार दिन घटेको बजार आज भने सामान्य अंकमा वृद्धि भएको छ ।
साताको तेसे कारोबार दिन बजार ३.२१ अंकले वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार ५६५.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, जलविद्युत, जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन, व्यापार समूह र निर्जीवन बीमा समूह वृद्धि भएको छ । यता, यी बाहेकका अन्य समूह भने घटेका छन् ।
बजारमा सामान्य अंकको बढोत्तरी देखिए पनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएका मध्ये १४२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १०२ वटाको घटेको छ ।













