१० श्रावण २०८३, आइतबार

क्यानडा पठाइदिन्छु भन्दै ठगी, २६ वर्षीय युवती पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोपमा मकवानपुरकी २६ वर्षीय मनिषा अधिकारी पक्राउ परेकी छन् ।

मनिषाले क्यानडा पठाइदिन्छु भनी एक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएकी थिइन् र त्यसपछि सम्पर्क विहीन भइन । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका ६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेपछि उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्