अपि पावर कम्पनीले कमायाे २६ करोड २७ लाख नाफा, विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढ्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपि पावर कम्पनीले कमायाे २६ करोड २७ लाख नाफा, विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढ्याे



काठमाडाैं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२ को पहिलो त्रैमासिकमा आफ्नो नाफा तथा आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ।

कम्पनीको प्रकाशित वित्तीय विवरणअनुसार, सो अवधिमा कम्पनीको खुद् नाफा ४४.६१ प्रतिशतले बढेकाे छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।

गत गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढेर ५३ कराेड ८४ लाख ५९ हजार पुगेकाे छ भने कुल नाफा १०.७९ प्रतिशत बढेर ४७ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ ।

यता यस अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशत घटेर ११ कराेड ६६ लाख ५८ हजारमा झरेको छ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ।


प्रतिक्रिया दिनुहोस्