नाफासँगै बढ्याे मनकामना इन्जिनियरिङ्गकाे प्रतिशेयर आम्दानी
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडकाे नाफा, विद्युत बिक्री आम्दानी लगायतका सुचकहरू बढेका छन्।कम्पनीले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरणले यस्ताे देखाएकाे हाे ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीकाे खुद नाफा ३४०.२३ प्रतिशतले बढेर १ करोड ९५ लाख रुपैयाँ नाघेकाे छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशत बढेर ५ कराेड २६ लाख ६५ हजार रूपैयाँ पुगेकाे भने कुल नाफा २४.८५ प्रतिशत बढेर ४ कराेड ६४ लाख ५४ हजार पुगेकाे छ ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३०.६९ प्रतिशत घटेर १ कराेड ३८ लाख ९ हजारमा झरेकाे छ भने असोज मसान्तसम्ममा कम्पनीले १४ लाख ५७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५४ पैसा बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ।
पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२३ गुणा रहेको छ।













