बुधबार सुनकाे भाउ तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ?
काठमाडाैं । यस साता लगातार बढेकाे सुनकाे मूल्य बुधबार घटेकाे छ । नेपाली बजारमा आज सुन प्रितोला २१ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुन तोलाको २ लाख ४६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य भने तोलामा ५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा ३ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













