बुधबार सुनकाे भाउ तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार सुनकाे भाउ तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ?



काठमाडाैं । यस साता लगातार बढेकाे सुनकाे मूल्य बुधबार घटेकाे छ । नेपाली बजारमा आज सुन प्रितोला २१ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुन तोलाको २ लाख ४६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने तोलामा ५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा ३ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्