९ श्रावण २०८३, शनिबार

हिरासतबाट छुटे प्रभु ग्रुपका अध्यक्ष भट्टचन



काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ ।

आर्थिक अनियमितता सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टचनलाई स्वास्थ्य अवस्थाका कारण थुनामा नराखी बाहिरैबाट अनुसन्धान अघि बढाउने अदालतले आदेश दिएपछि उनी सोमबार छुटेका हुन् ।

भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो । ठगी र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

ठाकुर प्रसाद मानन्धरसहितको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परेका थिए । अहिले भट्टचनमाथि प्रहरीको अनुसन्धान जारी छ।


प्रतिक्रिया दिनुहोस्