नेपाल वायुसेवा निगम निकाल्यो आधा दर्जन कर्मचारी
काठमाडौं । नेपाल वायुसेवा निगमले थप कर्मचारी कटौती गरेको छ । निगमले सञ्चालनमा रहेका आन्तरिक स्टेशनहरूको अवस्था र उडान संख्यालाई मध्यनजर गर्दै आधा दर्जन कर्मचारी कटौती गरेको हो ।
यसअनुसार, करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा मंगलबार (कात्तिक २५ गते) देखि नै अन्त्य गरिएको निगमले जानकारी दिएको छ ।
निगमले चुस्त–दुरुस्त सञ्चालन सुनिश्चित गर्दै बदलिँदो परिस्थितिसँगै आर्थिक दायित्व घटाउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ ।














