२०.५६ अंकले घट्याे नेप्से, काराेबार रकममा भने सुधार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२०.५६ अंकले घट्याे नेप्से, काराेबार रकममा भने सुधार



काठमाडाैं । बुधबार पुनः सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । हिजो ३ दशमलव २१ अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.५६ अंकले घटेकको हो ।

यसदिन ०.८० प्रतिशत घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ५९ बिन्दुमा झरेकाे छ ।

आज नेप्से घटे पनि काराेबार रकम भने बढेकाे छ । यसदिन ३२१ कम्पनीकाे ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ कराेड ८५ लाख ८६ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३ सय २७ वटा कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएकाे थियाे ।

आज उत्पादन तथा प्रशाेधनबाहेक सबै समुह घटेका छन् भने व्यापार समुह सर्वाधिक २.३५ र अन्य समुहकाे सेयर १.३३ प्रतिशत घटेकाे छ ।

घटेकाे बजारमा भुगाेल इनर्जी र सागर डिष्टिलरीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने बंगल हाइड्राे र बन्दीपुर केवलकारकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्