९ श्रावण २०८३, शनिबार

दीपक खड्काकाे नाम जोडिएको स्काउटको जग्गामा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गा भाडा नतिरी कब्जामा लिएर बसेको आरोपमा काठमाडौं महानगरपालिकाले बुधबार बिहान त्यहाँ निर्माण भएका टहरा हटाएको छ।

लामो समयदेखि विवादमा रहेको सो जग्गा स्काउटले भाडामा दिएको थियो। तर, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्काले भाडा नतिरी सो ठाउँमा विभिन्न व्यापारिक संरचना निर्माण गरेको आरोप छ।

स्काउटले पटक–पटक भाडा तिर्न र जग्गा खाली गर्न पत्राचार गरे पनि पालन नगरेपछि महानगरले डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो।


प्रतिक्रिया दिनुहोस्