कुमारी बैंकले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कुमारी बैंकले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । कुमारी बैंकले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बैंकको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

यस संगै बैंकका लगानीकर्ताकर्ता ३ वर्षदेखि लाभांश बिहिन हुने भएका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश दिएको छैन ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


प्रतिक्रिया दिनुहोस्