सोलु हाइड्रोपावरलाई २ अर्बको सेयर निष्कासन अनुमति
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको छ। सेबाेनले दुई महिनापछि आइपीओ स्वीकृत गरेको हाे।
हाइड्रोपावरले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल छन्।
सेबोनले पछिल्लो पटक भदौ १७ गते एसवाई प्यानललाई आइपीओ निष्कासन अनुमति दिएको थियो।













