ताेलाकाे ढाई लाख नाघ्याे सुनकाे मूल्य, एकैदिन करिब ६००० बढ्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ताेलाकाे ढाई लाख नाघ्याे सुनकाे मूल्य, एकैदिन करिब ६००० बढ्याे



काठमाडौं। नेपाली बजारमा बिहिबार पनि सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा ५ हजार ९०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यासायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ५० हजार २०० रूपैयाँ निर्धारण भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४४ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १७० रूपैयाँ बढेकाे छ । आज चाँदीकाे मूल्य प्रतिताेला ३ हजार ३ सय ४५ रूपैयाँ ताेकिएकाे छ । हिजाे चाँदी ३ हजार १७५ रूपैयाँमा काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्