साढे १७ करोडको आइपीओ ल्याउँदै फेदीखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साढे १७ करोडको आइपीओ ल्याउँदै फेदीखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल



काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे १७ कराड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य १०० रुपैयाँ दरका १७ लाख ६० हजार कित्ता सशेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

आइपीओ सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । उक्त आयोजनना आगामी माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहको छ ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले बताए । हाल तिव्र गतिमा निर्माण कार्य भैरहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्