९ श्रावण २०८३, शनिबार

बेरोजगारीले गाँझेको बेलामा सेनाले खोल्यो ३६ सयको भर्ना, शुक्रबारदेखि फारम भर्न पाइने



काठमाडौँ । देशमा बेरोजगारीले युवालाई आक्रोसित पारेका बेला नेपाली सेनाले ठूलो संख्यामा भर्ति खोलेको छ । जंगी अड्डाले ३६ सय नयाँ सैनिक भर्ना गर्न विज्ञापन प्रकाशित गरेको हो।

सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको हो।

सेनाले उपत्यका पृतना नारायणहिटीमामात्रै ३५० जना सेना भर्ना गर्न लागेको छ । नेपालमा सेनाले राजसंस्था भित्र्याउन खोजेको भनेर सैन्य संगठनको आलोचना भइरहेको बेला धेरै सेनाको भर्ना त्यहीँ गर्न लागिएको छ । त्योभन्दा बढी संख्या अर्थात् ४२५ जना उत्तरपश्चिम पृतना हेडक्वाटर (सुर्खेत)का लागि भर्ना खुलेको छ ।

मध्येपश्चिम पृतना हेडक्वाटर (बुटवल)मा ३०० जना, नम्बर ४ बाहिनी अड्डा (नेपालगञ्ज) र सुदुरपश्चिम पृतना हेडक्वाटर (भगतपुर)मा २५० जनाका दरले जागिर खुलेको छ । पूर्वी पृतना हेडक्वार्टर (इटहरी)का लागि २०० जना, पश्चिम पृतना हेडक्वाटर (विजयपुर)मा १७५ जना को जागिर खुलेको छ । नम्बर २५ बाहिनी अड्डा (भगतपुर)का लागि पनि १५० जनाको भर्ना मागिएको छ ।

त्यस्तै, रणशेर गण (सूर्यविनायक), आरिदमन गण (चारआली), नम्बर २७ वाहिनी अड्डा (चोहर्वा), रिपुमर्दन गण (कलैया), नयाँ सबुज गण (भरतपुर), ज्लालादल गण (दाङ)मा १००–१०० जनाका लागि भर्ना खुलेको छ ।

यसबाहेक विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो। त्यस्तै विभिन्न संख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार , केशकर्तक, सूचिकार र चर्मकर्मीका लागि पनि भर्ना खुलाइएको छ ।

सैन्य पदका लागि न्यूनतमक शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। एसईई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन। यसका लागि न्यूनतम जिपिए २ अंक हुनु पर्ने छ भने कुनै पनि विषयमा डि प्लस भन्दा कम हुन नहुने भनिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ।

अन्य पदमा साधारण लेखपढ गर्नसक्ने मान्छे भए पुग्ने छ । सेनामा भर्ना हुन इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्