नेपाल बैंक ८९ औँ वर्ष प्रवेश, गुणस्तरीय प्रविधिमैत्री बैंकिङको प्रतिवद्धता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल बैंक ८९ औँ वर्ष प्रवेश, गुणस्तरीय प्रविधिमैत्री बैंकिङको प्रतिवद्धता



काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड ८९ औं वर्षमा प्रवेश गरेको छ ।

आज कात्तिक ३० गते आइतबारदेखि बैंक स्थापनाकाे ८८ वर्ष पूरा गरी ८९ औं वर्षमा प्रवेश गरेको हाे । आफ्नो ८९ औं वार्षिकाेत्सवका अवसरमा वर्ग, शेयरधनी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक बधाई तथा शुभकामना प्रकट गरेको छ ।

बैंकले आगामी दिनमा अझैँ गुणस्तरिय र आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतपवद्धता समेत व्यक्त गरेकाे छ ।

यस अवसरमा बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले नेपाली जनता, उद्यमी व्यवसायीको विश्वासको धरोहरका रूपमा रही गौरवमय इतिहास कायम गरेको बैंकले विभिन्न कालखण्डमा थुप्रै आरोह अवरोह पार गर्दै प्रतिस्पर्धी बैंकिङ परिवेशमा निरन्तर रूपमा सबल, सक्षम र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको बताएका छन् ।

बचत संस्कृतिको विकाससँगै आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बैंकले मुलुकको औद्योगिक एवम् व्यापार व्यवसायको विकास एवम् विस्तारमा समेत उल्लेख्य भूमिका निर्वाह गर्दै आएको उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्