एसवाई प्यानलको आईपीओ बाँडफाँट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एसवाई प्यानलको आईपीओ बाँडफाँट



काठमाडाैं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ आइतबार बाँडफाँट गरेको हो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयरका लागि आवेदन गरेको थियो। सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।


प्रतिक्रिया दिनुहोस्