सेयर बजारमा गिरावट, काराेबार रकम भने बढ्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा गिरावट, काराेबार रकम भने बढ्याे



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१५ अंकले घटेर २५ सय ४० दशमलव ५७ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३३७ कम्पनीकाे ७९ लाख ५७ हजार ०५६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८९ कराेड ३९ लाख ७५ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन र अन्य समुहबाहेक सबै समुहकाे सेयर घटेका छन् ।

घटेकाे बजारमा आज सागर डिस्टिलरी, बंगल हाइड्राे, बन्दीपुर केवलकारकाे सेयर मूल्य ९.९९ प्रतिशत र नबिल डिबेञ्चर २०८५ काे सेयर मूल्य ९.९१ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्