नुवाकोट शित भण्डारमा राखिएको तरकारी तथा बिउ आलुकाे बिक्रि खुला
काठमाडौं । नुवाकोट शिव भण्डार प्रालिले आलु र आलुकाे बिउ ग्रहकहरूका लागि बिक्रि खुला गरेकाे छ ।
विदुर–२, गंगटेस्थित शिव भण्डार गृह (कोल्ड स्टोरेज) मा गत वर्षकाे फागुनबाट भण्डारणमा राखिएको आलु तथा बिउ बिक्री खुला गरेको जनाएको छ।
कम्पनीले जारी गरेको सूचनामा गत सालको फागुन महिनादेखि शिव भण्डारण गर गरिएको मिलो आलु (एमएस), रातो आलु (कार्डिनल, जनकदेव) लगायतका बिउ आलु र तरकारी आलु बिक्रीका लागि उपलब्ध गराइएको उल्लेख छ।
गुणस्तर कायम राखेर कोल्ड स्टोरेजमा राखिएका बिउ तथा तरकारी आलु खरिद गर्न इच्छुक जिल्लावासी किसान, व्यवसायी, सहकारी संस्था, गाउँपालिका, नगरपालिका, सरकारी तथा गैरसरकारी संघ–संस्था लगायतले आवश्यकताअनुसार आलु लिन सक्ने सूचनामा उल्लेख छ।
नुवाकोट क्षेत्रमा आलु बालीको रोपाइँ तथा खेतीको मौसम नजिकिँदै गर्दा स्थानीय किसानहरूलाई सहज र गुणस्तरीय बिउ उपलब्ध गराउने उद्देश्यले बिक्री खुला गरिएको शिव भण्डार प्रालिले जनाएको छ।

















