९ श्रावण २०८३, शनिबार

राष्ट्रिय कर दिवस: सरकारद्वारा उत्कृष्ट १६ करदाता सम्मानित (सूचीसहित)



काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर दिवस मनाउँदै आउको छ । यस वर्ष ‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित राष्ट्रिय कर दिवस २०८२ मनाइँदै छ ।

सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ नेपाल दूरसञ्चार प्राधिकरण, एकलौटी फर्महरुतर्फ आयकरमा थाइ आइ इन्टरनेशनल, बस्तुगत तर्फ आयकरमा डावर नेपाल, सूचना प्रविधितर्फ भेरिक्स नेपाल प्रालि, निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्यतर्फ पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटनतर्फ सोल्टीहोटेल सम्मानित भएका हुन् ।

यस्तै वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा सिडियस एण्ड क्लियरिङ् लिमिटेड, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्सतर्फ आइएमई, व्यक्तिगत आयकरमा राजबहादुर साह, मूअक समयमा तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, ५० करोड भन्दा धेरै कारोबार गर्नेमा भिएफ सर्भिसेज र विशेष उद्योगा युनिलिभर नेपाल सम्मानित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्