आईपीओ ल्याउँदै ग्रीनेदी इनर्जी, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ ल्याउँदै ग्रीनेदी इनर्जी, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त



ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भयो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरे ।

कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो ।

कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी मिति २०८२ बैशाख ८ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण गरिएकाे बताइएकाे छ।

कम्पनीका अध्यक्ष युरेश मान कायस्थले ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्