पाँचथर पावरको स्वतन्त्र संचालकमा श्रीराम
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा श्रीराम बास्तोला नियुक्ति भएका छन् ।
कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकको रुपमा नियुक्ति गरेको हो । यसअघि प्रकृतिराज तिम्सीना स्वतन्त्र संचालकका रुपमा दिए । तर, उनको राजिनामा सँगै बाँकी कार्यकालका लागि बास्तोला नियुक्ति भएका हुन् ।











