२५ भदौ २०८३, बिहिबार

मितेरी डेभलपमेन्ट बैंकको संचालकमा तीन जना निर्विरोध



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संचालकमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको संचालकमा शम्भु प्रसाद श्रेष्ठ, बन्दना वैद्य र सुमित कुमार अग्रवाल संचालक पदमा निर्वाचित भएका हुन् ।

कम्पनीको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट उनीहरु निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ ।