३९ अंकले बढेकाे सेयर बजार २६ सय बिन्दुमाथि, काराेबार पनि बढ्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

३९ अंकले बढेकाे सेयर बजार २६ सय बिन्दुमाथि, काराेबार पनि बढ्याे



काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । आज नेपाल स्टक एकसचेञ्ज नेप्से परिसूचक ३९.९२ अंकले बढेको छ ।

आज सेयर बजार मापक नेप्से १.५५ प्रतिशतले बढ्दा २६ दशमलव २२ बिन्दुमा पुगेको छ ।

नेप्से सँगै कारोबार रकममा पनि उत्साह देखिएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँमा करोबार भएको छ ।

गत बिहिबार ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्