नेशनल फण्ड म्यानेजमेन्टले शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।
फण्डले रु.१०० अंकित दरका २१,०६,००० कित्ताले हुन आउने रु.२१,०६,००,००० रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेकोे छ ।
उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सम्झौता भएको हो ।
यस नेशनल फण्ड म्यानेजमेन्टले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।
साथैे बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।
यस कम्पनी कोष व्यवस्थापक रहि पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएकोे छ ।
क्रेडिट रेटिङ्ग संस्थाद्वारा केयर एनपी बिबिबि ट्रीपल बि युजर रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्टमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एनआरएनहरुको लगानी रही विगत ३ वर्षदेखि लाभाश वितरण गर्दै आएको छ ।
















