भियतनाममा बाढी-पहिरोका कारण ९० जनाको मृत्यु, कैयौँ बेपत्ता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भियतनाममा बाढी-पहिरोका कारण ९० जनाको मृत्यु, कैयौँ बेपत्ता



काठमाडौं । भियतनाममा केही दिनदेखिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन्।

बाढी पहिराेबाट देशभर १ लाख ८६ हजार घर क्षतिग्रस्त भएका छन् भने ३० लाख बढी पशु बगाएकाे छ । यस्तै कराेडाैं धनजनकाे क्षति भएकाे अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार १६ नोभेम्बरदेखि ६० भन्दा बढी मृत्यु दर्ता भएको डाक लक पर्वतीय प्रान्त सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ।

आइतबार बिहानसम्म करिब २ लाख ५८ हजार मानिस विद्युत्‌विहीन भएका थिए भने प्रमुख राजमार्ग र रेलमार्गका केही खण्ड अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन्।

सबैभन्दा प्रभावित क्षेत्रमा सहयोगका लागि सेना र प्रहरी परिचालन गरिएको छ।सरकारले बाढी–पीडितलाई राहत बाँड्न हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी खानेकुरा र अन्य आवश्यक सामग्री वितरणका लागि खटाएकाे छ ।

भियतनामकाे सरकारी निकायका अनसिार सबैभन्दा गम्भीर प्रभाव क्वाङ न्गाइ, जिया लाइ, डाक लक, खान्ह होआ र लाम डोङगरी पाँच दक्षिण तथा दक्षिण–मध्य प्रान्तहरूमा देखिएको छ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण भियतनाम अझै बढी चरम मौसमजन्य घटनाहरूको जोखिममा परेको छ, जसले तुफानहरूलाई अझ शक्तिशाली र बारम्बार बनाइरहेको छ।


प्रतिक्रिया दिनुहोस्