चार महिनामा १० अर्ब रूपैयाँ भन्दा बढीकाे धान-चामल आयात
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनाम १० अर्ब रूपैयाँ भन्दा बढी धान-चामल आयात भएको छ ।
भन्सार विभागकाे तथ्यांक अनुसार साउनदेखि कार्तिक मसान्तसम्म १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान चामल र कनिका आयात भएको छ ।
धान पाकेर भित्र्याउने सिजनमा नै ठुलो परिमाणमा धान चामल आयात भएको तथ्यांकले देखाएको हाे।
विभागकाे तथ्यांक अनुसार यस अवधिमा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँको ९६ हजार ९७० मेट्रिक टन धान, ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको ८४ हजार ९७५ मेट्रिक टन चामल र १३ करोड ३२ लाख रुपैयाँको ३ हजार २५२ मेट्रिकटन कनिका आयात भएको छ ।













