लगातार तेस्राे दिन बढ्याे सेयर बजार, पाैने ६ अर्बमा झर्यो काराेबार
काठमाडाैं । साताकाे तेस्राे कारेबार दिन पनि सेयर बजार बढेकाे छ । आइतबार र सोमबार उच्च अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ५.२३ अ.कले बढेर २६ सय ५५ दशमलव ९९ बिन्दुमा रोकिएको छ ।
बजार बढेकाे दिन आज विकास बैंक, जिवन बीमा र म्युच्युअल फण्डकाे सेयर घटेकाेमा व्यापार समुहकाे सेयर सर्वाधिक १.३३ प्रतिशत घटेकाे छ। बाँकी सबै समुहकाे सेयर बढेकाे छ ।
यसदिन हाेटल तथा पर्यटन र उत्पादन तथा प्रशाेधन समुहकाे सेयर सर्वाधिक १.४० र १.३० प्रतिशत बढेकाे छ ।
आज झापा इनर्जी लिमिटेडकाे सेयर मूल्य १० प्रतिशत बढेकाे छ भने सागर डिष्टिलरीकाे ९.९९ र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ ।
नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ । आज ३१९ कम्पनीकाे १ कराेड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ कराेड ३० लाख २८ हजार रूपैयाँमा काराेबार भएकाे छ ।
हिजाे ३ सय ३० वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।













