हकप्रद शेयर निष्कासन गर्दै माथिल्लो सार्दीखोला जलविद्युत, बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिट
काठमाडौं । माथिल्लो सार्दीखोला जलविद्युत आयोजनाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
उक्त आयोजनाको निर्माण कार्य समेत अगाडी बढाइएको र आवश्यक स्वपूँजी जुटाउन १ः०.६६४ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती समेत प्राप्त गरिसकेको छ भने हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृती माग गरी नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ
यस्तै कम्पनीले हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको छ ।
यस्तै मन्दाकिनी हाइड्रोपावर लिमिटेडले २.९ मेगावाट माथिल्लो सार्दीखोला जलविद्युत आयोजना निमार्ण गर्न एनएमबि बैंकसँग फाइनान्सियल क्लोजर सम्पन्न गरिसकेको छ ।
कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका स्थित ४ मेगावाटको सार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ साल मंसिर देखि व्यवसायिक संचालनमा रहेको छ भने विगत ३ बर्ष देखि आफ्ना शेयरधनीहरुलाई निरन्तर रुपमा नगद लाभांश÷बोनश शेयर प्रदान गर्दै आएको छ ।
















