लगातार बढ्दै सेयर बजार, आज नेप्से ९ अंकले बढ्दा साढे ६ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । बुधबार कारोबार खुलेखेखि नै उतार चढाव देखिएको सेयर बजार सामान्य अंकले बढेको छ ।
मंगलबार ५.३२ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ९.६१ अंकले बढेर २६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि बढेको छ । यसदिन ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजारमा कारोबार भएको छ ।
हिजो ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यसदिन फाइनान्स, लगानी, जीवन बीमा, म्युच्युअल फण्ड र निर्जीवन बीमा समुहका सेयर घटेका छन् भने बाँकी सबै समुहका सेयर बढेका छन् ।
आज १४२ कम्पनीकाे सेयर बढेकाेमा झापा इनर्जी लिमिटेडकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने सागर डिष्टिलरी, स्वस्तिक लघुवित्तकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ । यस्तै श्रीनगर एग्रीटेक इन्डष्ट्रज, रिभर फल्स पावर र माहुली लघुवित्तकाे सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेकाे छ ।
















