सहायक महाप्रबन्धक लम्सालले पाए प्रभु बैंकको कामु सिईओको जिम्मेवारी
काठमाडौं । प्रभु बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्सालले पाएका छन् ।
मंसिर १४ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लम्साललाई सो पदमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेपश्चात लम्साललाई कामु सिईओमा नियुक्त गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बैंकका सीइओसहित तीन जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान सुरू गरेको छ । त्यसपछि लम्साललाई कामु सीइओको जिम्मेवारी दिइएको हो ।लम्साल हाल बैंकको सहायक महाप्रवन्धक हुन् ।














