सेयर बजारमा देखिएन राष्ट्र बैंकको लचिलो नीतिको प्रभाव, ४ अंकले घट्यो नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा देखिएन राष्ट्र बैंकको लचिलो नीतिको प्रभाव, ४ अंकले घट्यो नेप्से



काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार पनि सेयर बजारमा गिरावट आएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ४.२८ अंकले घटेर २६ सय ४५ दशमलव २४ बिन्दुमा रोकिएको छ ।

नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्वन गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि सेयर बजारमा भने कुनै सकारात्मक प्रभाव देखिएकाे छैन ।

आज नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ ।  आज ३ सय २५ वटा कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३ सय ४२ वटा कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज विकास बैंक, फाइनान्स, हाइड्राेपावर, उत्पादन तथा प्रशाेधन र माइक्राेफाइनान्सकाे सेयर मूल्य घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्