घट्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । बिहिबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ । हिजाे प्रतिताेला ८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ८०० रुपैयाँले नै घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५३ हजार ३०० रूपैयाँ पुगेकाे छ ।आज सुनको भाउ मंगलबारकै मूल्यमा झरेको हो । गत मंगलबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रूपैयाँमै काराेबार भएकाे थियाे ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५४ हजार १०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँ घटेकाे छ । चाँदी आज प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।













