लगातार छैटौँ दिन पनि शेयर बजारमा गिरावट, काराेबार पनि घट्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लगातार छैटौँ दिन पनि शेयर बजारमा गिरावट, काराेबार पनि घट्याे



काठमाडाैं । शेयर बजार लगातार छैटाैँ कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०२ अङ्कले घटेर २ हजार ६ सय ६ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज हाइड्राेपावर, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, निर्जीवन बीमा र व्यापार समुहकाे सेयर बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेकाे छ ।

नेप्सेसँगै आज काराेबार रकम पनि घटेकाे छ । ३३१ कम्पनीकाे १ कराेड १ लाख ४६ हजार ४०० कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६६ कराेड ९५ लाख ४८ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३२५ कम्पनीकाे १ कराेड ७ लाख १८ हजार ६१५ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३३ कराेड ४४ लाख १५ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।

अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेकको सेयर मूल्य ९.९९ र इङवा हाइड्रोपावरको सेयर मूल्य ९.०३ प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्